Saturday, July 27, 2024

परराष्ट्रमन्त्री साउँदद्वारा पुनर्वास नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण प्रसाद साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो ।

भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति दुर्गा प्रसाद बोहरा ,लगायत जिल्लाका विभिन्न स्थानीय पालिकाका प्रमुख ,उपप्रमुख,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।

निर्माण कम्पनी आशिष-रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन रु. १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई रु. १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो ।

नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो ।

भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताउनु भयो ।

भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार