Saturday, July 27, 2024

पुनर्वासका ग्रामीण क्षेत्रका गल्ली बाटोमा एम्बुलेन्सः दमकल पुग्न सक्ने गरी सडक चौडा गरिदै

प्रकाशित:

किशोर तामाङ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ ।
नगरपालिकाको शहरी योजना तथा भवन निर्माण सम्वन्धी गुरुयोजना अन्तर्गत सडकको न्यूनतम चौडाई ६ मिटर कायम गरी सडकको न्यूनतम सेडव्याक सडक किनारावाट २ मिटर छोड्नुपर्ने प्रवाधन रहेको छ ।

यसैगरी साविकका गल्ली समेत कम्तिमा ४ मिटर चौडा कायम गरी गल्ली भित्र समेत एम्वुलेन्स, दमकल पुग्न सक्ने गरी नगरपालिकाले सडकक्षेत्रधिकार प्रयोग गरी क्रमिक रुपमा नगरपालिकाको बिकासमा गुुरुयोजना अन्तर्गत सडक खण्ड फराकिलो पार्ने कामलाई अगाडि सारेको छ ।

कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा स्थानिय बजार आई बि आर.डीबाट सडक बिस्तार गर्ने कार्यको शु्भारम्भ गरी पुनर्वास नगरपालिका ९ बिचाफाटा हुदै हाल वडा नं. ४ जनकबस्तीमा सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सचेतना अन्तर्गत सडक क्षेत्राधिकार प्रयोग गर्दै सडक सरसफाई अभियान सहितको सडक खण्ड फराकिलो पार्ने काम भएको छ ।

सडक फराकिलो गर्ने क्रममा केही स्थानमा समस्या देखिए पनि सम्झाई बुझाई बिकासको गतिलाई निरन्तरता दिएको नगरपालिकाका अमिन एवं प्राविधिक फेकल पर्सन प्रकास बाबु सुवेदी ले बताए ।

नगरको सडक खण्ड फराकिलो पार्ने अभियानलाई स्थानीयहरुले पनि सकारात्मक रुपमा लिएका छन् । यातायातका साधनबाट एक स्थानदेखि अर्को स्थानसम्म पुग्न प्रयोग गरिने माध्यम सडक हो ।

सडक प्रयोग गर्ने अधिकार मात्र होइन यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबै नागरिकको कर्तव्य पनि हो । स्थानिय स्तरबाट वडामा रहेको मुल सडकमा सडकको क्षेत्रधिकार प्रयोग गरी भैपरी आउने सड्क दुर्घटनाको न्यूनीकरण गर्न थालिएको कार्य एकदमै सर्हानिय कार्य भएको स्थानिय हरुले बताए ।

वडा भित्रका सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी लगाएका बोटबिरुवा र बनाएका घरका पर्खाल एवं टहरा हटाउन सहयोग गर्नुपर्ने उनीहरूको भनाई छ ।

हाल सडक चौडा पार्ने र नाली बनाउने काम,सडक स्तरोन्नतिको काम शुरु गरिएपछि अधिकांश स्थानीय वासिन्दाहरु खुसी भएका छन् भने केही व्यक्तिले भने आफनो घर अगाडिको बोट बिरुवा र टहराहरु भत्किएकोमा खिन्नता ब्यक्त गरिरहेका थिए ।

पछिल्ला केही वर्षयता सडक दुर्घटनाका घटनाको तथ्यांक बढ्दो रहेकाले यसले गर्ने क्षति, अकाल मृत्युबाट जीवन जोगाउन स्वयम् सचेत हुनुपर्छ भन्ने उद्देश्य राखेर सडक सुधार तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम अन्तर्गत सडक सरसफाई कार्यक्रम सञ्चालन गरेको हो ।

पुनर्वास नगरपालिका वडा नंम्बर ४ ले यप सार्वजनिक जमिनको खोजी र संरक्षण सुरु गरेको छ । सर्वदलीय समिति नै बनाएर विभिन्न वडागत सार्वजनिक बाटो अतिक्रमण गरी भोग चलन गरिरहेको जमिनको खोजी कार्य शुरु भएको हो। यस्तो जमिनको पहिचान गर्ने र त्यसको संरक्षणसँगै उपयोगिताका कार्यक्रम ल्याउने ुवडाध्यक्ष मनोज सापकोटाले बताए ।

सडकको क्षेत्रधिकार भित्र परेका गैरकानुनी संरचना र सर्वजानिक बाटो मिचेर भोगचलन गरिरहेका जमीनलाई खाली गर्न यस अघिनै पटक–पटक सूचना जारी गरे पनि अटेर गरी नहटाउनेको वडाले डोजर लगाएर भत्काउन शुरु गरेको पुनर्वास नगरपालिका–४का वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

भबिष्यमा उक्त सडकको दायाँबायाँ बिभिन्न एकैनासका बोट बिरुवा लगाई सडकको सौर्न्दयता बढाउन बृक्षरोपण गरि पर्यटक भित्र्याउने लक्ष्य रहेको वडाध्यक्ष सापकोटाले बताए ।

आगामी दिनहरुमा क्रमसः नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा पर्ति जग्गाहरुको उचित संरक्षणका लागि वडाध्यक्षहरु संग समन्वयन गरि सोको प्रभावकारी र वैज्ञानिक उपयोगबाटे सार्वजनिक जग्गा संरक्षण र उपयोग सम्बन्धी कार्यविधि बनाई नगरपालिकाको महत्वपूर्ण स्रोतको रुपमा रहेको सार्वजनिक जग्गाको उपयोग, संरक्षण र व्यवस्थापन गर्ने विषयलाई प्राथामिकतामा राखी अघि बढ्ने नगर प्रमुख तोय प्रसाद शर्माले बताए ।

उनले कानूनको अभावमा सार्वजनिक जमिनको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई नगरपालिकाको आयमा समेत प्रतिकूल असर पर्न गएकोले अतिक्रमण हुनसक्ने नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाहरुको अभिलेख, त्यसमा नगरपालिकाको नियन्त्रण र त्यस्ता जग्गाको उचित संरक्षण र उपयोग गरी जग्गा संरक्षण तथा उपयोग कार्यविधीका आधारमा नै नगरपालिकाले यस सम्बन्धी योजना तथा कार्यक्रमहरु तर्जुमा एवम कार्यान्वयन गर्ने बताए ।

अहिले पुनर्वास नगरपालिका ३ आई बि आर.डी , पुनर्वास ९ बिचफाटा र वडा नं. ४ जनकबस्तीमा सडक बिस्तार गर्ने क्रममा दबिएका र मिचिएका बाटोहरुको स्तरोन्नती गर्ने कार्य तिब्र गतिमा अघि बढिरहेको छ । हाल जनकबस्तीको चोकबाट पश्चिम मुल सडक क्षेत्रधिकार भित्र पर्ने १२ मिटरको चौडाईमा दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरिएको हो ।

नगरपालिका क्षेत्रभित्र रहेका अन्य वडाहरूमा पनि अतिक्रमण गरी भोगचलन गर्दै आएका सार्वजनिक जग्गाहरूमा पनि यसैगरी क्रमिक रूपमा सडक फराकिलो पार्दै जाने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार