Saturday, July 27, 2024

मंसिर २० मा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्दै निर्माण व्यवसायी संघ कञ्चनपुर

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । हरेक मंसिर २२ गते निर्माण व्यवसायी संघले राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण व्यवसायी संघ कञ्चनपुरले मंसिर २० गते आयोजना गर्न लागेको अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका सामुदायीक विद्यालयहरुले सहभागिता पाउने छन् । सामुदायीक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले उक्त हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाउँन पाउने निमार्ण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।

१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना हुँने उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुँनेलाई २१ हजार १११ रुपैँया पुरस्कार राशी रहेको छ, भने द्वतिय हुँनेलाई १५ हजार १११ रुपैँया, तृतिय हुँनेलाई ११ हजार १११ रुपैँया र चौथो हुँनेलाई सान्तवना पुरस्कार भनेर ५ हजार १११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष भट्टले बताए ।

उक्त अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता भीनपा–१८ गोबरैया स्थित निङ्गलाशैनी माद्यमिक विद्यालयको प्रांगणमा यहि मंसिर २० गते ११ बजेबाट सुरु हुँने आयोजक निर्माण व्यवसायी संघ कञ्चनपुरले शुक्रवार पत्रकार सम्मेलनबाट जनाएको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाउन विद्यालयले मंसिर १८ गते साँझ ४ बजे भित्र टिम दर्ता गराई सक्नु पर्ने छ । टिम दर्ता निङ्गलाशैनि मावि, निर्माण व्यवसायी संघको कार्यालय वा फोन बाटै समेत गर्न सकिने सचिव सुर्य बहादुर चन्दले बताए ।

सहभागिता जनाउनका लागि विद्यालयले कम्तिमा एक जना छात्रा सहित तीन जनाको टिम बनाउनु पर्ने छ । जिल्लामै निर्माण व्यवसायी संघले राष्ट्रिय दिवसको अवसरमा पहिलो पटक अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नलागेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार