मन्त्री साउँदसंगको भेटमा विपिनका बाआमा भन्छन्ः समाचार हेर्दै दिन-रात बित्छ

प्रकाशित:

महेन्द्रनगर । इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

गृहजिल्ला पुगेर परराष्ट्रमन्त्री एनपी साउँदले बुधवार विपिनका आमा, बुवा र दाई लाई भेटेर सरकारले उनको रिहाइका लागि कुटनितिक प्रयास गरिरहेको बताए ।

‘हामी विपिनको रिहाइका लागि प्रयास गरिरहेका छौँ । अहिले कतारको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएको छ ।’ परराष्ट्रमन्त्री साउँदले विपिनका परिवारसंग भने ‘केही दिन अगाडी मात्रै मैले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग काठमाडौंमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थिए ।’

उनले अगाडी भने ‘जवाफमा कतारका विदेश राज्यमन्त्रीले डिसेम्बर ८ तारिख (मंसिर २२ गते) भित्रनै नेपालले खुशीकोे खबर पाउनेछ भन्नुभएको छ । मलाई विश्वास छ अब केही दिनमै विपिन रिहा हुनेछन् ।’

आफु विपिनको रिहाइका लागि इजरायल, कतार, इजिप्ट, अन्तराष्ट्रिय रेडक्रस सोसाइटी संग निरन्तर सम्पर्कमा रहेको मन्त्री साउँदले बताए । ‘म निरन्तर इजरायल, कतार, इजिप्ट, अन्तराष्ट्रिय रेडक्रस सोसाइटी लगाएतका देश एवम् सस्थाहरुसंग सम्पर्कमा छु ।’ उनले भने ‘कतारका राज्यमन्त्रीले ८ तारिख भन्दा अगाडी नै खुशीको खबर पाउनुहुन्छ भन्नुभएको छ । मलाई विश्वास पनि छ । कदमकदाचित त्यो समयभित्र हामीले खुशीको खबर पाएनछौ भनेपनि मंसिर २३ गते म आफैँ कतार जादैँछु , त्यहाँ कतारका प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री लगाएत संग विपिनको रिहाइका लागि पहल गर्नेछु ।’

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् ।

मन्त्री साउँद गृहजिल्ला पुगेर उनको परिवार भेट्दा विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन् ।
’कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु’, आमा पद्माले भनिन्, ’समाचार हेर्दै दिन बित्छ।’ विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन्।

उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार