Saturday, July 27, 2024

झुलाघाटमा झण्डोत्तोलन गर्दै ओलीले उद्घाटन गरे महाकाली–मेची पदयात्रा

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली–मेची यात्रा बिहीबार (मंसिर १४ गते) बैतडीको झुलाघाटाबाट सुरु भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका छन्।

पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो।

बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्रा उद्घाटनका लागि झुलाघाट पुगेका थिए।

कार्यक्रममा एमालेका स्थानीय नेतारकार्यकर्ताको बाक्लो उपस्थिति छ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गरेको हो।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसहित एमालेको शीर्ष नेतृत्वको आउजाउलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।

पदयात्राका क्रममा बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ। ओलीले सभालाई सम्बोधन गर्नेछन्।

त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पणलगायत कार्यक्रममा पनि ओली सहभागी हुनेछन्।

पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार