महेन्द्रनगर । कञ्चनपुरका स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरुले परराष्ट्रमन्त्री एनपी साँउद संग पालिकाका विकास निर्माणका बारेमा छलफल तथा अन्तरक्रिया गरेका छन् ।

आइतबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा जिल्लाको विकास निर्माण लगायत समस्याहरुको बारेमा परराष्ट्रमन्त्री साँउद संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको सभापतित्वमा जिसस सदस्य एवं नगर/गाउँ पालिकाका प्रमुख उप प्रमुखहरु संग अन्तरक्रिया परामर्श भएको हो ।
