Saturday, July 27, 2024

परराष्ट्रमन्त्री साउँद द्धारा शुक्लाफाटा नगरपालिकाको नव निर्मित प्रशासकीय भवन उद्धघाटन

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिकाको नव निर्मित प्रशासकिय भवनको उद्धघाटन गरिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउँदले जिल्लाको शुक्लाफाटा नगरपालिको नव निर्मित भवनको उद्धघाटन गरेका हुन ।साउँदले सनिबार विभिन्न कार्यक्रमकाविच नगरपालिकाको नव निर्मित भवनको उद्धघाटन गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख रण बहादुर महराले एडिभिको कार्यक्रम अन्तर्गत विभिन्न निर्माण कार्य सम्पन्न भएको र केही निरन्तरतामा रहेको बताए । उर्जा बिजुली, खेलकुद क्षेत्र लाई पनि अगाडि बढाउने कार्यक्रमहरुको थालनी गरिएको छ। त्यस्तै शिक्षा, स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । समावेशीताका धारामा बजेट विनियोजन गरिएको छ ।सीप तथा व्यवसायी तालिम पनि सञ्चालन गरिएको छ।

नगरप्रमुख महराले भने पहिला एउटा सानो कोठामा एउटै कोठामा २ र३ शाखा राख्नु पर्ने अवस्था थियो भने अहिले एउटा कोठामा एउटा शाखा राख्ने र सिसिटिभी क्यामराको निगरानीमा राख्ने त्यही अनुरुप सेवा प्रवाह दिने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउँदले आरक्ष पिडितको सम्बन्धमा यो पटक आरक्षमा राजनितिक दलको कार्यक्रता नराखिकनै आरक्ष पिडतको समस्या समाधान गर्ने आयोग गठन गर्ने मन्त्री मन्डलले नयाँ आयोग गठन गर्ने निर्णय गरेको बताएका छन् । मन्त्री साउँदले विगतका दिनमा धेरै आयोग फेरबदल भएपनि अब भने आरक्षपिडितको समस्यामा देर भयो अन्देर हुननदिने बताएका छन्।त्यस्तै जिल्लाको दक्षिणिबेल्डमा ठेकेदारहरुले समयमै निर्माण सम्पन्न नगरी अलपत्र अवस्थामा छोडेका सडकहरुलाई समेत यथासीघ्र सडक सम्पन्न गर्ने प्रदेश सरकारसंग समन्वय गरी आग्रह गर्ने बताएका छन् ।

जसको पाचौ अथवा छटौ पटक समेत म्याद थपिरहदा समेत निर्माण सम्मपन्न नहुने प्रमाण भएकोले यो विषयमा समेत मुख्यमन्त्रीसंग गहन छलफल गर्ने बताएका छन् । कार्यक्रमको अध्यक्षता शुक्लाफाँटा नगरपालिका मेयर रणबहादुर महरा, प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रकाश साउँद , विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका उप९मेयर कल्पना जोशी पन्त, जिल्ला समन्वय समितीका प्रमुख दुर्गा बोहरा, भीमदत्त नगरपालिका मेयर पदम बोगटी, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका मेयर, लालझाडी गाउँपालिका अध्यक्ष लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता , सञ्चारकर्मीरपत्रकार पालिका कर्मचारी र राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो। जसमा कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृतले गर्नु भएको थियो।

एशियाली विकास बैंक एडिबी को सहुलियत ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत १० करोडको लागतमा भवन निर्माण भएको हो । मुख्य प्रशासकीय भवन निर्माणको कार्य पूरा भएपछि सेवाग्राहीलाई सेवा उपलव्ध गराउन निकै सहज हुने छ।

 

ताजा समाचार

सम्बन्धित समाचार