Saturday, July 27, 2024

लुटेरा शैलीमा वैध सामान जफत गर्ने प्रहरी ‘जत्था’माथि कार्वाही माग

प्रकाशित:

महेन्द्रनगर । अवैध रुपमा निकासी गर्न गर्न लागेको भन्दै मूल्य अभिवृद्धि कर ९भ्याट०सहितका सामान ‘वरामद’ घटनामा संलग्न प्रहरीमाथि कार्वाहीका लागि निवेदन परेको छ ।कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ स्याउले बजारस्थित उज्वल खुद्रा सपल तथा कस्मेटिककी सञ्चालिका रेखाकुमारी भट्टले कार्वाहीका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएकी हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत साता बिहीबार ९१६ कात्तिक०मा राति अन्दाजी ९ बजेको समयमा प्रहरी टोलीले भट्टको दर्तावाल पसलमा छापा मारेर १ सय पेटी ग्यास लाइटर तथा ४ बोरा ओखर वरामद गरेको थियो ।अवैध रुपमा भारततर्फ निकासी हुन लागेको भन्दै प्रहरीले ६ लाख ७५ हजार रुपैयाँ मूल्यका ती सामान वरामद गरी कञ्चनपुर भन्सार कार्यालय चलान गरेको थियो ।

पसल सञ्चालिका भट्टले धनगढीस्थित न्यू शुशील श्रृंगारबाट सोही दिन १ सय पेटी ग्यास लाइटर खरिद गरेको भ्याट बिल पेश गर्दा पनि प्रहरीले मानेको थिएन ।प्रहरीले ग्यास लाइटर र ओखर भारत निकासी हुँदै गर्दा दशगजा क्षेत्रबाट वरामद गरेको दावीसहित वरामद गरेको थियो । तर, मानसखण्डलाई प्राप्त भिडिओमा प्रहरीले भट्टकै पसलबाट सामान वरामद गरिरहेको देखिन्छ ।वरामद गर्ने टोलीका मानसिंह धामीलगायतका प्रहरीमाथि कार्वाहीका लागि भट्टले निवेदन दिएकी हुन् ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार