Saturday, July 27, 2024

कञ्चनपुरमा कांग्रेसको केन्द्रीय महासमिति सदस्य छनौटः क्षेत्र नं. ३ मा ११ जना सर्वसम्मत चयन

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले महाधिवेशन सम्पन्न भएको झण्डै दुई वर्ष पछि महासमिति सदस्यको निर्वाचन थालेको छ । मंगलबार नेपाली कांग्रेस कञ्चनपुरले केन्द्रीय महासमिति सदस्यहरुका छनौटको टुंगो लगाउने मिति तय गरेपनि क्षेत्र नं. ३ मा मात्रै सफल भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुर क्षेत्र नं. ३ बाट ३ जना महिला सहित ११ जना केन्द्रीय महासमिति सदस्यहरुको निर्विरोध चयन भएको छ । तारिणी दत्त चटौत, दिवाकर पाण्डेय, शंकर बहादुर चन्द, खगेश्वर बोहरा, गोपाल दत्त भट्ट, बेल बहादुर रानामगर, बिर बहादुर सुनार, जङ्ग बहादुर चन्द, मधु भारती, रमिता देउवा र निलम लेखक जोशीलाई केन्द्रीय महासमिति सदस्यमा सर्वसम्मतले चयन गरिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा यो समाचार तयार पार्दा सम्म सर्वसम्मतको प्रयास भइरहेको पार्टी उपसभापति मिन बहादुर सिंहले बताए । त्यस्तै कञ्चनपुर क्षेत्र नं. १ मा भने बुधवारका लागि निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृतले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार