Saturday, July 27, 2024

भारतले गड्डाचौकी सीमा पिलर सम्मै विस्तार गर्यो कालोपत्रे सडकः अन्देखा गर्छ नेपाल !

प्रकाशित:

महेन्द्रनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजा सम्म भारतले कालोपत्रे सडक विस्तार गरेको छ । यद्यपी नेपाललाई भारतले दशगजा क्षेत्र भन्दा निकै परको बाटोमा ग्राभेल समेत गर्न दिएको थिएन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सीमा नाका गड्डाचौकीको दशगजा क्षेत्र, ७ नं. पिलर सम्म भारतले सडक कालोपत्रे गरेको हो । यद्यपी भारतले नेपालललाई सीमा क्षेत्रमा रहेको नेपाली भूमिमै पनि सडक ग्राभेल गर्न अवरोध पुर्याउदै आएको छ ।

भारतले सीमा पिलर सम्म सडक कालोपत्रे गर्दाको अवस्था सम्म नेपालको तर्फबाट कुनै चाँसो नै दिइएको छैन् । नेपालको प्रशासनिक र सुरक्षा निकायले अन्देखा गर्दा आएको छ ।

नेपालले आफै भूमिको सडकमा ग्राभेल गर्न नपाउनु र भारतले सीमा पिलर सम्मै आफै सडक कालोपत्रे गर्दा जनताले सरकार, नेता, प्रशासक र सुरक्षा निकायका पदाधिकारीहरुमाथि प्रश्न गर्न थालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार