२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

भीमदत्त नगरमा सिलाईकटाई तालिम शुरु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सिलाई कटाई तालिम शुरु भएको छ । भीमदत्त नगरपालिका १२ ऐरीमा सिलाई कटाई तालिम शुरु भएको हो ।भीमदत्त नगरपालिका १२ नम्बर वडा कार्यालय र व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको संयुक्त साझेदारीमा ६ महिने कटाई सिलाई तालिम शुरु भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखक९जोशी०ले चुनावमा आफुले गरेका बाचा अनुरुप सीप विकास कार्यालयसंग महिला दिदिबहिनीका लागि तालिम संचालन गर्न सफल भएको बताईन । महिलाका लागि गाँउमै आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको बताईन ।

उपप्रमुख लेखकले महिलाका लागि सिलाई कटाई सहित डकर्मी, सिकर्मी, पलम्बिङ, ईलेक्ट्रोनिक तालिम संचालन गर्ने बताईन । कार्यक्रमका सभापति समेत रहेका भीनपा १२ का वडाध्यक्ष भुपेन्द्र सिह रावलले सीकेको सिप व्यवहारिक कार्यान्वयनमा जोडदिए । भीमदत्त नगरपालिका न्याय समिति सदस्य नर बहादुर साउदले तालिमबाट सिकेको सीपलाई सदुपयोग गरेर व्यवहारिक कार्यान्वयन गराएर आत्मनिर्भर बनाउनुपर्नेमा जोडदिए । उनका अनुसार तालिममा २१ जना महिलाको सहभागिता रहेको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार