२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

भूकम्प पीडितका लागि खाद्य एवं राहत सामग्री सहित जाजरकोट पुगे टिकटक स्टार वर्मा

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेपालमा टिकटक स्टारका नामले चर्चा कमाएका कञ्चनपुरका अंशु वर्मा भूकम्प पीडितका लागि खाद्यान्न लत्ताकपडा सहित जाजरकोट पुगेका छन् । वर्मा दुई लाख बराबरका खाद्य सामग्री एवं टेन्ट, लत्ता कपडाहरु लगेर आफै जाजरकोट पुगेका हुन् ।

यहि कार्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट १५७ जनाले ज्यान गुमाएका छन्, भने झण्डै ३०० जना घाइते भएका छन् ।

भूकम्प प्रभावितहरुको उद्धार तथा राहत सामग्री सहित वर्मा जाजरकोट पुगेका हुन् । सहयोग आफैबाट सुरुवात गर्ने पर्ने बताउँदै वर्माले भने, ‘हामी सबै नेपालीले समस्या तथा विपद्मा परेकाहरुका लागि आफ्नो मन देखि सहयोग गरौं, सहयोगको सुरुवात आफैबाट गरौं ।’ वर्माले भने–‘पैसा दिनु मात्रै सहयोग होइन, सामथ्र्य भएको चिज दिऊँ ।’

टिकटक स्टार वर्मा विभिन्न समयमा आपत विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्दै आएका छन् । समाजसेवाका लागि टिकटक स्टार वर्मा खटिदै आएका छन् ।


 

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार