२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

महेन्द्रनगरको इन्टरनेशनल स्कुलद्वारा भूकम्प पीडितहरुका लागि ५१ हजार सहयोग

प्रकाशित:

Advertisements

महेन्द्रनगर । महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुलले गत शुक्रबार जाजरकोट र पश्चिम रुकुममा गरेको भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग गरेको छ ।

इन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरले सोमबार ५१ हजार रुपैया भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

शुक्रवार गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा भएको ठुलो धनजनको क्षती प्रति विद्यालयले गहिरो दुःख प्रकट गरेको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्व बस्नेतको अध्यक्षतामा बसेको बैठकले ५१ हजार रुपैँया भूकम्प पीडितहरुको सहयोगार्थ तुरुन्त उपलब्ध गराउने निर्णय गरेको हो ।

यहि कार्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट १५७ जनाले ज्यान गुमाएका छन्, भने झण्डै ३०० जना घाइते भएका छन् ।

वि.स. २०५३ मा स्थापना भएको इन्टरनेशनल पब्लिक स्कुल सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । स्कुलले विभिन्न समाजिक कार्य एवं राष्ट्रिय विपत्तीहरुमा सहयोग गर्दै आएको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार