Saturday, July 27, 2024

कञ्चनपुरको एक सामुदायिक वनमा शङ्कास्पद अवस्थामा महिलाको शव फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सोमबार बिहान ६० वर्षीया वृद्धा मृत अवस्थामा भेटिएकी छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाँटा नगरपालिका-७, शान्तिपुरकी ६० वर्षीया नारुदेवी जोशी जंगलमा मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरभन्दा करिब ६ सय मिटरको दूरीमा रहेको मध्यवर्ती सामुदायिक वनभित्र शव भेटिएको छ।

‘घटना शंकास्पद छ, अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। ती महिला आइतबार दिउँसो घाँसपात ल्याउन भनी जंगलतर्फ गएकी थिइन्।

बेलुकीसम्म घर नफर्किएपछि खोजीकार्य गर्दा सोमबार बिहान जंगलमा शव भेटिएको हो। ती महिलाको औँलामा चोट लागेको छ भने कानमा गहना छैनन्।

ताजा समाचार

सम्बन्धित समाचार