Saturday, July 27, 2024

इजरायलमा मारिएका डोटीका दुई विद्यार्थीको शव आफन्तको जिम्मा

प्रकाशित:

महेन्द्रनगर । इजरायलमा मारिएका दुई विद्यार्थीको शव डोटी ल्याई आफन्तको जिम्मा लगाइएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको आदर्श गाउँपालिका–५ पडीका पदम थापा र शिखर नगरपालिका–६ चुणीका राजन फुलाराको शव नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत डोटी ल्याइएको हो। आइतवार दिउसो दिपायल स्थित डोटी विमानस्थलमा शव आफन्तको जिम्मा लगाइएको हो।डोटी विमानस्थलमा दुवै शवहरू आफन्तले बुझेका छन्। शव बुझ्ने क्रममा आफन्तसँगै जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र स्थानीय विमानस्थलमा पुगेका थिए। डोटीका प्रमुख जिल्ला अधिकारी गोपालले मृतक विद्यार्थीको शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुगाउने व्यवस्था गरेको छ।

मृतक दुवै विद्यार्थीको शव सोमवार दाहसंस्कार हुने आफन्तहरूले बताएका छन्। मृतक पदम थापाको आदर्श गाउँपालिका –५ तलारास्थित सेती नदीमा र राजन फुलाराको शिखर नगरपालिका –६ अडेउलस्थित सेती नदीमा दाहसंस्कार हुने छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत भाद्र २६ गते इजरायल पुगेका थिए। असोज २० गते हमासको आक्रमणमा परी दुवैको मृत्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार