Saturday, July 27, 2024

राहत वितरण एकद्वार प्रणालीबाट गर्ने निर्णय

प्रकाशित:

काठमाडौँ । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा साधन श्रोतको परिचालन र खोज, उद्धार तथा राहत कार्य एकद्धार प्रणालीबाट परिचालन गरिने भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गृहमन्त्रालयले आवश्यकताअनुसार साधनश्रोत परिचालन, खोज, उद्धार तथा राहतसामग्री वितरण जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्धार प्रणालीबाट परिचालन गर्ने निर्णय भएको जानकारी गराएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिले पहिलो प्राथमिकता खोज, उद्धार कार्य रहेको जानकारी दिँदै अस्थायी पुनर्वास र राहत व्यवस्थापनमा पनि सरकारले उत्तिकै ध्यान दिएको बताए।

मन्त्रालयले आज साँझ एक विज्ञप्तिमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थलगत अध्ययन, अवलोकन गरी पडितसँग समेत भेटघाट गरेको जानकारी गराउँदै उनको निर्देशन बमोजिम नै खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

मन्त्रालयले आजै उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा प्रमुखसहितको बैठक बसी खोज उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको र सोही अनुसार सम्पूर्ण संयन्त्र परिचालित भइसकेको जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म भूकम्पमा परेर १५७ जनाको मृत्यु भएको र ३७४ जना घाइते भएको पनि जानकारी गराएको छ। मन्त्रालयले घाइतेको उपचार जारी रहेको र सकेसम्म छिटो सुविधायुक्त क्षेत्रमा लगी विशेषज्ञ सेवा दिने प्रयास जारी रहेको विज्ञप्तिमार्फत जनाएको छ।

दुई जिल्लालाई तत्काल ५/५ करोड दिइने

मन्त्रालयका अनुसार सरकारले जाजरकोट, रुकुमपश्चिम जिल्लाको विपद् व्यवस्थापन कोषमा तत्काल ५र५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ।

सोही रकममार्फत तत्कालिन राहत व्यवस्थापनको काम हुने छ। विभिन्न संघसंस्थाले दिने भनिएको रकम समेत सोही कोषमार्फत नै परिचालन हुने छ।

खोज तथा उद्धार एबं शव व्यवस्थापनमा विशेष तालिम प्राप्त टोलीलाई प्रभावित स्थलमा पठाइ आवश्यक कार्य जारी रहेको र भूकम्पका कारण अवरुद्ध सकड तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार