Tuesday, April 30, 2024

इजरायलमा मारिएका आनन्द साहको शव धनुषा ल्याइयो

प्रकाशित:

जनकपुरधाम । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।

नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा रहेको उनको घरमा ल्याइ दिएको हो ।

विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा उनको शव ल्याइएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको हो ।

उनको शव ल्याइएपछि घरपरिवारसहित गाउँबासी शोकमग्न एवम् भावविह्वल भएका छन् । शनिबार राति नै आनन्दको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए ।

चार सन्तानका बुबा सोमन साहका उनी एकला छोरा थिए । गत १३ कात्तिकमा मात्रै परराष्ट्र मन्त्रालयले आनन्दको शव पहिचान भएको बताएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार