Saturday, July 27, 2024

शुक्रबार मात्रै सदरमुकाम आएकी थिइन् नलगाडकी उपमेयर सिंह

प्रकाशित:

अक्षर काका । गएराति ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भूकम्पमा परी जाजरकोट, नलगाडकी उपमेयर सरिता सिंह ठकुरीको पनि मृत्यु भयो ।
सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो ।

आउजाउ गर्दा सजिलो होस् भनेर उनले जिल्ला सदरमुकाममा कोठा भाडामा लिएकी थिइन् ।

नेपाली कांग्रेस जाजरकोट जिल्ला कार्यसमितिका सहसचिव छवि पन्तका अनुसार उनी युएनडिपीको कार्यक्रम र पारिवारिक जमघटमा सरिक हुन हिजैमात्र सदरमुकाम आइपुगेकी थिइन् ।

‘उहाँ हिजैमात्र जाजरकोट सरदमुकाम खलंगा आइपुग्नुभएको थियो । दुर्भाग्य राति नै भूकम्पमा पर्नुभयो,’ पन्तले सेतोपाटीसँग भने ।

पन्तका अनुसार उनी उदीयमान नेताका रूपमा स्थापित हुँदै थिइन्। ३८ वर्षीया अविवाहित सरिता सिंह ठकुरी दुई कार्यकाल जिल्ला कार्यसमिति सदस्य थिइन्। त्यसो त उनी नेपाल महिला संघ जिल्ला कार्यसमितिको सचिव भएर काम गरिसकेकी थिइन् ।
‘नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भए पनि उहाँ सबै दलप्रति समभाव राख्नुहुन्थ्यो,’ पन्तले भने, ‘सबैसँग मिल्ने, शालीन, भद्र र अहंकाररहित भावनाले सबैको मन जित्ने किसिमको हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसमेत रहेकी सरिता सिंह २०७४ कै स्थानीय तह निर्वाचनमा उम्मेदवारकी आकांक्षी थिइन् । त्यसबेला टिकट प्राप्त गर्न नसकेकी उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उम्मेदवार बनिन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलले गठबन्धन गरेका थिए । त्यसैको बलमा उनले चुनाव जितिन् । सिंहले २ हजार १३ मतले नेकपा (एमाले) कि सुनीता बोहरालाई पछि पारिन् । सिंहले ५ हजार ४०६ मत प्राप्त गरिन् भने बोहराले ३ हजार ३९३ मत प्राप्त गरिन्। नलगाडको मेयर नेकपा (माओवादी केन्द्र)ले प्राप्त गरेको थियो। माओवादी केन्द्रका डम्बरबहादुर रावतले जितेका थिए ।

‘महिलाहरू विभिन्न कारणले राजनीतिको मूल प्रवाहमा आउन सक्दैनन्। विभिन्न कठिनाइसँग जुध्दै उहाँ अघि बढिरहनुभएको थियो। उहाँको निधनबाट जाजरकोटको ग्रामिण इलाकाको पार्टी काममा मात्र क्षति पुगेको छैन, महिला नेतृत्वको पनि अभाव हुन गएको छ,’ पन्तले भने।

शुक्रबार रातिको भूकम्पले जाजरकोट क्षतविक्षत बनाएको पन्तले बताए। उनले विपद् पूर्वको राम्रो तयारी नहुँदा पनि मानवीय क्षति भएको बताए।

‘घरभित्र मानिसहरू पुरिएका छन्। ढकढक गर्दै बचाउन गुहार मागिरहेका छन्। उद्धार गर्ने सामर्थ्य हामीसँग छैन। निरि हुनुहु¥यो,’ उनले सुनाए।

यो समाचार तयार पार्दासम्म जाजरकोटमा मात्रै मृतकको संख्या ९५ पुगेको छ। जसमा नलगाड नगरपालिकामा ५३ जना, भेरीमा ३४ जना, कुशे गाउँपालिकामा ७ र छेडागाडामा १ जना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

भूकम्पले घर भत्काउँदा जाजरकोटमा ८० जना घाइते पुगेको अहिलेसम्मको तथ्यांक छ । (साभारः सेतोपाटी)

ताजा समाचार

सम्बन्धित समाचार