Saturday, July 27, 2024

दोधारा-चाँदनीमा सडक दुर्घटना न्युनिकरणका लागी खाल्डा-खुल्डी पुर्दै वडाध्यक्ष

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले सडकमा भएका खाल्डा खुल्डी पुरेका छन् । दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा भएका खाल्डा खुल्डी पुर्न वडाध्यक्ष केशव खत्री आफै उत्रेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले दोधारा चाँदनी नगरपालिका– ५ को ईलाका प्रहरी कार्यालय देखि माननिय चौराह तथा आसपासका सडकहरुमा भएका खाल्डा खुल्डीमा सिमेन्ट, गिट्टीलाई हालेर सडकमा रहेका खाल्डा खुल्डी पुरेका छन् ।

आफ्नो ब्यक्तीगत रकमबाट सडकमा रहेका खाल्डा खुल्डी पुर्ने कार्य गरिएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् । उनलाई उनका सहकर्मी वडा सदस्य दिनेश थापा लगाएतहरुले सघाएका छन् ।

आज बिहान ट्याक्टरमा बालुवा, गिट्टी तथा सिमेन्ट हालेर आफ्नो वडामा रहेका सडकमा रहेका खाल्डा खुल्डी पुर्न थाले संगै स्थानियबासीहरुले उत्सुकताका साथ हेरेका थिए ।

उनका अनुसार बिगतका दिनहरुमा सडकमा भएका खाल्डा खुल्डीको कारण मोटर साईकल दुर्घटना हुदै गरेको कारण दुर्घटना न्युनिकरण गर्न सडकमा रहेका खाल्डा खुल्डी पुर्ने कार्य गरिएको बताएका छन् ।

सडकमा देखिएका खाल्डा खुल्डीको पुरे सडक दुर्घटना केही हद सम्म न्युनिकरण हुने वडाध्यक्ष खत्रीले बिश्वास लिएका छन् ।

ईलाका प्रहरी कार्यालयबाट माननिय चौराह हुदै भट्टी नाला सम्मको सडकहरुमा रहेका खाल्डा खुल्डी पुर्ने काम सकिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार