Saturday, July 27, 2024

बडुवाल टोलमा जंगली हात्तीले फेरि घर भत्कायो, दुई सातामा ६ घरमा क्षती

प्रकाशित:

पप्पु कालापानी महेन्द्रनगर । बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्काएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका सुरज सुनारको घर भत्काएर खाद्यान्न, लत्ताकपडा तथा भाडाकुडामा क्षती गरेको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् । घरमा कोही नभएको अवस्थामा मध्यरातमा भारतिय जंगलबाट भित्रिएको ३ वटा हात्तीले सुरज सुनारको घर भत्काएको हो ।
स्थानियबासी, सशस्त्र प्रहरीको एक टोलीले हात्तीलाई धपाएका हुन् । हात्तीलाई धपाउन जाँदा उल्टै लखेट्न आउने गरेको स्थानिय महाविर क्षेत्रीले बताएका छन् । झण्डै २ घण्टाको प्रयासबाट हात्ती जंगल तर्फ गएको स्थानियहरुले बताएका छन्।  बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीले मानविय तथा धनमाल क्षती गर्दै आएको भएपनि सरकारले कुनै प्रकारको सहयोग नगरेको स्थानियहरुको गुनासो छ् । एक सातामा चम्फा सार्की, दिपक औजी, अमर मगर र रने सार्की, सुरज सुनार, लिला मगरको घर तथा भान्सा हात्तीले भत्काएको छ् । हात्तीको आक्रमणको डरले कच्ची घर भएकाहरु छिमेकीको पक्की घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार