Saturday, July 27, 2024

प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै वडा अध्यक्ष अवस्थीको असन्तुष्टि, भन्छन्–भन्सारमा छोड्ने, अनावश्यक दुःख दिने 

प्रकाशित:

महेन्द्रनगर । भन्सार नाकाबाट आएको समानलाई प्रहरीले अवैध भन्दै बरामद गर्न थालेपछि भीमदत्त नगरपालिकाका जनप्रतिनिधिले बल्ल मुख खोलेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पदमराज अवस्थीले सार्वजनिक रुपमा भन्सार नाकाबाट आएको समान जाँचको निहुँमा व्यवसायीलाई अनावश्यक दुःुख दिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।जिल्ला प्रहरी कार्यालयले दशैं अघिदेखि भन्सार नाकाबाट आएको समान गोदाममा छापा हानेर बरामद गर्दै आएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गरी भन्सार छलेर आएको समान बरामद गर्दै आएको बताउँदै आएको छ ।

वडा अध्यक्ष अवस्थीले भन्सार नाकामा जाँच नगरी समान छाड्ने र त्यसपछि व्यवसायीलाई दुःख दिने कार्य भएकाले नाकामा समान जाँचमा कडाई गर्नु पर्ने बताएका हुन् । उनले व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य तत्काल रोकिनु पर्ने बताएका छन् ।‘अहिले आर्थिक मन्दी भई रहेका बेला व्यापारीहरुलाई दुःख दिएर अनावश्यक कार्यलाई तुरुन्त रोकिनु पर्छ’ वडा अध्यक्ष अवस्थीले फेसबुकमा भनेका छन्,‘बरु भन्सार कार्यालयमा चेकजाँच गरी राजश्व उठाउनु प¥यो, भन्सार कार्यालय छोड्ने, प्रहरीले अनावश्यक दुःख दिने रु’

महेन्द्रनगर बजारका व्यवसायीले केही दिन अघि प्रहरीले अनावश्यक दुःख दिएको भन्दै बजार बन्द गरेका थिए । कञ्चनपुर उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयबीच छलफलपछि बजार खुलेको थियो ।प्रहरीले भारतीय सीमावर्ती सहरबाट साइकलमा समान केयरिङ्ग गर्ने व्यक्तिलाई निगरानीमा राखेर व्यवसायीका गोदाममा छापा हान्न सुरु गरेको थियो जिल्ला प्रहरी कार्यालयमा गत महिनामा गरिएको पत्रकार सम्मेनलमा प्रहरी उपरीक्षक कमल थापाले अवैध समान बरामद रेकर्ड तोड्ने बताएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार