Saturday, July 27, 2024

दोधारा चाँदनीका वडाध्यक्षद्धय सुनार र खत्रीले सुरु गरे ‘शिवराज बचाउ अभियान’

प्रकाशित:

महेन्दनगर । दोधारा चाँदनीका फोक्सोमा समस्याले ग्रसित भएका शिवराज भट्टको उपचारमा सहयोगको लागी वडाध्यक्ष भक्त बहादुर सुनार र केशव खत्रीले ‘शिवराज भट्ट बचाउ अभियान’ सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी ७० का शिवराज भट्टको बिगत ३ वर्ष देखि फोक्सोको समस्याले ग्रसित भएका छन् । आर्थिक अवस्था कमजोर भएका भट्टलाई भारतको बिभिन्न शहरमा रहेका अस्पतालमा उपचार गर्दा समेत निको भएको छैन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उपचारमा भट्टले केही जग्गा समेत बिक्रि गरिसेका छन् । जग्गा बिक्रि गरेको रकम पनि उपचारमा सकिएको हुदा उपचार गर्न समेत रकम नभएर उपचारमा सहयोगको याचना गरेका छन् । पिडित भट्टको अवस्था दैनिय रहेर उपचार गर्न नसकेको अवस्था थाहापाए संगै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार र वडा नं। ५ का वडाध्यक्ष केशव खत्रीले ब्यक्तीगतरुपमा क्रमश स् रु। ५ हजार र रु। ५ हजार १ सय गरि दुबैले जम्मा रु। १० हजार १ सय रुपिँया शिवराज भट्टको उपचारमा सहयोग रकम भट्टका बुहारीलाई हस्तान्तरण गरेका छन् ।

दुबै वडाध्यक्षले ‘शिवराज भट्ट बचाउ अभियान’ संचालन गरि संकलित रकम भट्टको उपचारमा सघाउ पुग्ने बताएका छन् । झण्डै एक महिना देखि पिडित भट्टको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ् । पिडामा रहेका शिवराज भट्टको उपचारको लागी सहयोग गरिदिनहुन वडाध्यक्षद्धय भक्त बहादुर सुनार र केशव खत्रीले देश बिदेशमा रहेका सबै नेपाली दाजुभाई अनुरोध गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको नाउमा रहेको एनआईसी बैंकको खाता नं। ५९८७५५२०२५५२४००१, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको मोवाईल नम्वर स् ९८०६४८४९३७ मा सम्पर्क गरि सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार