Friday, May 17, 2024

इजरायल काण्ड स् नारायण, लोकेन्द्र, दीपेश र आशिषको शव नेपाल ल्याउने तयारी

प्रकाशित:

महेन्द्रनगर । हमास आक्रमणमा ज्यान गुमाएका ४ जना सुदूरपश्चिमेली विद्यार्थीको शव पर्सी आइतबार नेपाल ल्याइने भएको छ ।इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका ४ जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लगिएको जानकारी दिएको छ ।

नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उक्त विमान शनिबार दिउँसो १ः२५ मा उडान भर्ने र दुबई हुँदै आइतबार विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चात मात्रै शवहरू नेपाल पठाइने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ ।हमास आक्रमणमा परी ’लर्न एन्ड अर्न’ कार्यक्रममार्फत् इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार