Saturday, July 27, 2024

प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न

प्रकाशित:

महेन्द्रगर । हिन्दु स्वयमसेवक संघ नेपालले कञ्चनपुरमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको छ । गत शनिबारदेखि बेदकोट नगरपालिका ७ सुडाको घटाल माविमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाभरीका किशोरी तथा युवाहरुलाई नैतिक शिक्षा दिने उदेश्यले प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको जनाईएको छ । हिन्दु स्वयमसेवक संघ नेपाल राष्ट्रिय सह कार्यबाह हर्केश विष्टले गत शनिरबारदेखि तालिम शुरु गरिसएको बताए । कञ्चनपुरका हिन्दु युवा रदिप पाल, प्रकास कालौनी सहितले प्रशिक्षण दिएका थिए ।

शुक्रबार समापन कार्यक्रममा बेदकोट नगरका कावा मेयर तुलसी जोशीले किशोर र युवाहरुलाई कुलतबाट बचाउन तालिम प्रभावतकारी रहेको भन्दै भावि दिनमा संचालनमा जोडदिईन । प्रशिक्षार्थीहरुले फरक फरक कला प्रस्तुत गरेका थिए । वर्गाधिकारी धुव्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्तममा हिन्दुस्वयम सेवक संघका राष्ट्रिय प्रचारक रेबन्त कुमार प्रमुख अतिथि रहेका थिए । कार्यक्तमको संचालक हिन्दु स्वयक सेवक सघका युवा अगुवा प्रकास कलौनीले गरेका थिए । कार्यक्रममा हिन्दु स्वयमसेवक संघका नेता कार्यकर्ता प्रशिक्षार्थीका अभिभावक सहभागि भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार