धनगढी । कैलालीको धनगढीमा ड्रग्ससहित एक युवती पक्राउ परेकी छन् ।

उनी शुक्रबार पक्राउ परेकी हुन् । योनीभित्र ड्रग्स ल्याइरहेको अवस्थामा ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले ती युवतीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलकी २० वर्षीय अनुस्का सिंह ठकुरी रहेको प्रहरीले बताएको छ । उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनीबाट लागुऔषध निकालेको थियो ।
ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।