बिपद् जोखिम न्युनिकरण दिवसको अवसरमा दोधारा चाँदनीमा प्रभात फेरी र सडक नाटक

प्रकाशित:

दोधारा । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०८० मा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उत्थानशिल युवा सञ्जालको आयोजनामा प्रभातफेरी र सडक नाटक प्रदर्शन गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल, दोधारा चाँदनी नगरपालिका कार्यालयको सयुक्त सहयोग र उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीको आयोजनामा आज दोधारा चाँदनी नगरपालिका– ५ नगरपालिका कार्यालयबाट प्रभातफेरी सुरु भएको थियो ।

दोधारा चाँदनी नगरपालिका– ६ सडक खण्ड हुदै वडा नं. ७ को बाबाथान बजार क्षेत्रमा प्रभातफेरी कोण सभामा परिणत भएको थियो ।

‘बिपद् जोखिमको पुर्व तयारी, हामी सकैको जिम्मेवारी’, ‘पुर्व सुचनामा सबैको पहुँच शुनिश्चित गरौं’, ‘बिपद्को बारेमा जानकारी राखौं, सुरक्षित रहौं’ लगाएत नारा सहित उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनी, भानु माबिका बिद्यार्थी तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

युवाहरुले प्रदर्शन गरेको सडक नाटकमा बाढी, भुकम्प, सडक दुर्घटना, आगलागीबाट कसरी बाँच्न सकिन्छ् ? बच्ने उपायहरु युवाहरुले कालात्मक ढंगबाट प्रदर्शन गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्टले बिपद्बाट कसर िबच्न भन्ने बिषयमा जनचेतना फैलाउने तवरले प्रभातफेरी र सडक नाटक युवाहरुले प्रदर्शन गरेको बताएका छन् ।

अक्टोबर १३ अर्थात आजकै दिन विपद बारेमा समुदायलाई सचेत गराई जनचेतना अभिवृद्धि गर्न उत्थानशिल युवा सञ्जालले दिवस मनाएका उनले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार