काठमाडौँ । २५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
इजरायली समय अनुसार १ः३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)
उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् । इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् ।
उक्त विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउँदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।