बैतडीमा महिलालाई जबर्जस्तिकरणी गर्ने २८ वर्षिय युवक पक्राउ

प्रकाशित:

बैतडी । बैतडीका एक युवक करणीको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको मेलौली नगरपालिका–५ खलिगाडका २८ वर्षीय नरेश जोशीलाई करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

जोशीे असोज २१ गते बिहान मेलौली–६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिलालाई करणी गरी फरार रहेका थिए ।

फरार रहेको जोशीलाई आइतवार साँझ लामालेकबाट पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए।

पक्राउ परेका जोशीविरूद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार