Saturday, July 27, 2024

गरिबका सारथी बन्दै वडाध्यक्ष खत्रीः उपचार गर्न नसकेकालाई आर्थिक सहयोग

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्री गरिब तथा बिपन्नहरुको साथी बन्दै आएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर क्षेत्रमा जोकोही आर्थिक अवस्था कमजोर भएर उपचार गर्न सकस भएको अवस्था थाहा पाएपछि दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष सहयोग गर्न उनको घरमा पुगिहाल्छन् ।

आफु वडाध्यक्ष भएपछि झण्डै ४ दर्जन भन्दा बढी आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका स्थानियहरुलाई सहयोग गरिसकेका छन् भने पैसा नभएर बिद्यालय जान नसकेका थुप्रै बिद्यार्थीलाई आफ्नो ब्यक्तीगत रकमबाट बिद्यालय पठाएका छन् ।

उनले आफुले पाउने भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । सामाजिक कार्य गरेर चर्चामा बटुलेका वडाध्यक्ष खत्रीले आगामी दिन कोष निमार्ण गरि गरिब तथा बिपन्नहरुलाई सहयोग गर्दै जाने ईच्छा प्रकट गरेका छन् ।

दुखी, गरिबलाई सहयोग गर्न खुबै रुचाउन वडाध्यक्ष केशव खत्रीले आफ्नो कार्यकालमा नगर क्षेत्रमा आर्थिक अवस्था कमजोर भएर पिडामा रहेका स्थानियहरुलाई सहयोग गर्दै जाने बताएका छन् ।

सामाजिक कार्यमा उनलाई देश, बिदेशमा रहेका नेपालीहरुलाई अझै सम्म सघाउदै आएका छन् । ‘मैले थाहा पाएका सबै गरिब तथा बिपन्नको सहयोग गर्ने प्रयास गरेको छु’ वडाध्यक्ष केशव खत्रीले भने ।

यसैक्रममा दोधारा चाँदनी नगरपालिका– ५ निवासी कयान्सर पिडित करन राम कोलीलाई सहयोग गरेका छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका उपाध्यक्ष मिनु चन्द संग सहकार्य गरि क्यान्सर पिडित कोलीलाई रु. ५ हजार रकम हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका उपाध्यक्ष मिनु चन्द संग सहकार्य गरि क्यान्सर पिडित करन राम कोलीलाई सहयोग गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार