Saturday, July 27, 2024

एमाले निकट युवा संघद्वारा दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

प्रकाशित:

काठमाडौँ । एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको खुलेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले कालोमोसो दलेको हो ।

सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो । युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे ।

‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् ।

हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो’, उनले रातोपाटीसँग भने । स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले कार्यमा सहयोग गरेको उनको भनाइ छ ।

राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरुलाई युवासंघले सहयोग गरेर ठीक गरेको प्रतिक्रिया दिए ।

ताजा समाचार

सम्बन्धित समाचार