Saturday, July 27, 2024

इजरायलमा सुप विश्वविद्यालयका १२ जना विद्यार्थी सम्पर्क विहीन

प्रकाशित:

-महेन्द्रनगर । सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीमध्ये १२ जनाको अवस्था अज्ञात छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई आइतबार जानकारी गराउँदै ४९ मध्ये १२ जनाको अवस्था अझै अज्ञात रहेको बताएका हुन् ।

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार भइरहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तीनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते तथा बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले बताए ।

दक्षिणी इजराइलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन समेत दिएका छन् ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १२ जना सम्पर्कविहिन भएका हुन्। जसमध्ये ११ जना छात्रा छन् ।

सम्पर्क विहिन विद्यार्थीहरु ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि इजरायल गएका थिए। ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् ।

सेदोत नेगेभ कृषि तालिम केन्द्रमा अध्ययन गर्न पुगेका ४९ जना विद्यार्थीलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा कार्यरत छन् । त्यसमध्ये सबैभन्दा उच्च जोखिममा १७ जना विद्यार्थी परेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न विद्यार्थी इजरायल गएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार