Saturday, July 27, 2024

कञ्चनपुरमा जिल्ला स्तरिय तेक्वान्दो च्याम्पियनसिप सुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मा रहेको शिद्धनाथ माध्यमिक विद्यालयमा कञ्चनपुर जिल्ला तेक्वान्दो च्याम्पियनसिप २०८० सुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आईतवारदेखी मंगलवार ३ दिन सम्म संचालन हुने उक्त च्याम्पियनसिपमा जिल्लाका तेक्वान्दो खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

आईतवार खेलको उदघाटन कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर जिल्ला तेक्वान्दो संघले बिभिन्न तौलमा खेल पनि खेलाएको छ ।

जस्मा २९ केजी तौल समुहमा भएको तेक्वान्दो खेलमा महिला तर्फ प्रथम हुनेमा पुजा एसके, द्धितिय प्रतिभा चौधरी, र तृतियमा सोनिका चौधरी र स्वस्तिका धामी रहेका छन् भने पुरुष तर्फ २९ केजीमा प्रथम हुनेमा आषिश चन्द, द्धितिय आयुष शाह र तृतियमा बिराज भट्ट र प्रकाश विक रहेका छन् ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथी एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले खेलकुदले मानवको स्वास्थ्यलाई स्वस्थ्य राख्ने,स्फुर्ती दिने र देशको नाम विदेशमा चिनाउने माध्यम रहेको बताए ।

भर्खर मात्रै भईरहेको एसियाली खुकुद प्रतियोगितामा हाम्रो देशका लागी कबड्डीमा महिला खेलाडीहरुले पदक जितेको र जस्मध्ये ६ जना खेलाडी यसै कञ्चनपुरबाट प्रतिनिधित्व गरेर देशको नाम चम्काउन सफल भएको बताए ।

र यो विषयमा हामी सबैले गर्भ महशुस गर्नुपर्ने उनको भनाई रहेको थियो । साथै क्रिकेट खेलमा कञ्चनपुरका खेलाडी दिपेन्द्र ऐरीले विश्व सामु देशको पहिचान दिलाउन सफल भएर विश्व रेकर्ड कायम गरेर देश र आफु जन्मिएको ठाउँको चिनारी बनाएर सारा संसारमा आफनो देशको नाम चिनाएको बताए ।

यस्ता खेलाडीहरुबाट अन्य सबै खेलाडीहरुले प्रेरित भएर आफनो खेलमा अनुशासित भएर मिहिनेत गरेर खेल्नु पर्ने बताए ।

उनले पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषधको बिगबिगी फैलिदै गईरहेको अवस्थामा युवाहरुले त्यस्तो कुलतमा लाग्नु भन्दा खेलकुदमा आफनो भविश्य निर्माण गर्न समय बेथीत गर्नुपर्ने बताए ।

अहिले जिल्ला कारागारमा सबैभन्दा बढी ५० प्रतिशत कैदी लागुऔषधका रहेको अवस्थामा यदी कोही पनि आफनै साथीले पनि त्यस्तो कुनै पनि चिजको प्रयोग गरेको थाहा पाएमा तुरुन्तै उसको परिवार, प्रहरी शिक्षकलाई खबर गर्न आग्रह गरे ।

सबै नानीबाबुलाई खेलकुदमा आवद्ध गर्न सकियो भने उनिहरुले आफनो देशको नाम पनि राख्ने, सचेत हुने,स्वस्थ्य हुने र कुलतमा फस्नबाट जोगिने बताए ।

यस्तै कार्यक्रमका सभाध्यक्ष जिल्ला तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले भीमदत्त नगरपालिका ९ मा कञ्चनपुर जिल्ला तेक्वान्दो च्याम्पियनसिप २०८० को आयोजना गर्नमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हात, अभिभावक विद्यालय लगायत सहभागीहरुलाई उनले धन्यवाद व्यक्त गरे, साथै उनले कुलतमा फसेका भाईबहिनीहरुलाई कसरी खेलकुदको माध्यमबाट उनिहरुलाई फर्काउन सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको बताए ।

साथै आफनो अमुल्य समय खेलकुदमा दिन सकेमा देशको स्वयम खेलाडीहरुको भविश्य पनि उज्ववल हुने र बिभिन्न अवसरहरु पाएर आफनो जिवन पनि सहज तवर जिउने माध्यम खेल बन्न सक्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार