Saturday, July 27, 2024

निर्धन उत्थान लघुवित्तद्वारा दोधारा चाँदनीमा बित्तिय साक्षरता तालिम

प्रकाशित:

दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा कार्यालयले ५३ जना सदस्य सहित वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड दोधारा चाँदनी शाखा कार्यालयले आज ५३ जना सदस्य सहभागीका साथ वित्तीय साक्षरता तालिम संचालन गरेको बित्तिय साक्षरता तालीम कार्यक्रमका संचालक तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा कार्यालयका लेखापाल पार्वती थापाले जानकारी दिएका छन् ।

वित्तीय साक्षरता तालिममा स्वागत मन्तब्य निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा प्रमुख गौतम ज्ञान थापाले गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, कुतियावकर महिला समुहका प्रमुख बसन्ती सुनार, क्षेत्रीय प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले सयुक्तरुपमा पानसमा दियो बालेर साक्षरता तालिमको समउद्धघाटन गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा प्रमुख गौतम ज्ञान थापाले जानकारी दिएका छन् ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका क्षेत्रीय प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले तालिमको मूख्य उद्धेश्य तथा महत्वको बारे सहभागी सदस्यहरुलाई जानकारी गराएका थिए ।

संस्थाको हालको अवस्था संगै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले साक्षरता कक्षाको महत्व बारेमा प्रष्ट्याएका थिए ।

तालिममा ग्राहक सदस्यहरुले वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय शुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु, वर्तमान अवस्थामा देखिएका चुनौतीहरु, विसंगतीहरु आदि बारेमा तालिममा प्रशिक्षकहरुले प्रशिक्षण गरेका थिए ।

बित्तिय सक्षारताको प्रशिक्षण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा प्रमुख गौतम ज्ञान थापाले गरेका थिए । तालिममा एक सहभागी दिलमाया सुनारले आफ्नो मन्तब्य राख्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालन गरेको साक्षरता तालिम निकै महत्वपुर्ण रहेको बताएका छन् ।

तालिममा वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा व्यवस्थापन तथा कर्जा सदुपयोग लगाएत विषयमा जानकारी गराइएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा कार्यालयले जनाएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार