Saturday, July 27, 2024

कञ्चनपुर प्रहरीद्वारा एक करोड २५ लाख बढीका मालसमान बरामद

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा आजको मिति सम्म एक करोड बढीका मालसमान बरामद गरि कञ्चनपुर भन्सार कार्यालय चलान गरेको जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार यो अढाई महिनाको अन्तरालमा १ करोड २५ लाख ७५ हजार बराबरको भन्सार छलीमा मालसमान बरामद गरि प्रहरीले भन्सार चलान गरेको छ ।

बिहिबार मात्रै कञ्चनपुर प्रहरीले जिल्ला सदरमुकाम महेन्द्रनगर बजारका एक व्यवसायीको निजी निवासबाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरका व्यवसायी तिर्थ भाटको निजी निवास (गोदाम)बाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको हो ।

बिहीबार भाटको निजी निवास भीमदत्त नगरपालिका ६ ऐठपुरबाट प्रहरीले ठुलो परिमाणमा अवैध समान बरामद गरेको जनाएको छ ।

प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्ष बहादुर चन्दले क्यारिङ्गकर्ताले भारतबाट ल्याएको समानको फलोअफ गर्दै उक्त समान भाट निवासमा पुगेपछि प्रहरी टोलीले भारतबाट ल्याएका तीन बोरा चिनी र १ बोरा मिश्र्री सहित घरभित्र खानतलासी गर्दा भन्सार नकाटेको समान भेटाएपछि बरामद गरेका थिए ।

समान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका समान बरामद गरिएको बताए ।

उपरिक्षक थापाले व्यापारीहरुले भारतबाट आउने समान भन्सार नकाटेको र भन्सार छलीगरेपछि समान बरामद गरिएको बताए ।

बरामद गरिएको समान अधिकाँस खाद्यान्न र किराना प्रकृतिको रहेको बताउँदै उनले बरामद गरिएको समान लाखौँको भएको बताए ।

व्यवसायी तिर्थ भाटले आफु बिरामी भएकाले चार महिना लगातार पसल बन्द गर्नुपर्ने भएकाले समानको बिलबिजक कतै राखिएको खोज्नुपर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार