Saturday, July 27, 2024

बडुवाल टोलमा जंगली हात्तीबाट अन्नबाली जोगाउँन रातभर जाग्रामः राँको बालेर पहेरेदारी !

प्रकाशित:

पप्पु गुरुङ्ग ।
दोधारा । भारतीय जंगल नजिक बस्तीमा जंगली हात्ती आतंक मच्चाउदै आएपनि सरोकारवाला गम्भिर देखिएका छैनन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले आतंक मच्चाउदै आएपनि स्थानिय सरकार देखि प्रदेश र संघिय सरकार गम्भिर नभएको स्थानियहरुको आरोप छ।

स्थानियहरुले हात्ती धपाउन आगोको राँको प्रयोग गर्दै आएका छन् । हात्तीको आतंकले स्थानियहरु जाग्रम बस्दै आएका छन् । हात्तीले खेतवाली नष्ट गर्दै आएपनि सरोकारवालाले कुनै चाँसो नदेखाएको उनिहरुको गुनासो छ।

हात्तीको आतंकको कारण झण्डै २ महिना देखि स्थानिय सुत्न सकेका छैनन् । रातीको समयमा बस्ती भित्रिने हात्तीको बथानले झण्डै २० बिघाह भन्दा बढी स्थानियहरुको धान तथा मकै वाली खाएर नष्ट गरेको स्थानियहरुको भनाई रहेको छ।

रातीको समयमा दैनिक बस्तीमा पसेर स्थानिय किसानको अन्नवाली नष्ट गर्दा समेत स्थानिय सरकार, मध्यवर्ती ब्यवस्थापन समिति लगाएत सरोकारवालाले राहत समेत नदिएको स्थानियबासी महाविर क्षेत्रीले गुनासो पोखेका छन् ।

भारतको जंगलबाट बडुवाल टोलमा भित्रिने जंगली हात्तीले बालीनाली नष्ट गर्न थालेपछि बस्तीमा रातभरी थाली, साईरन बजाउने गरेको स्थानियबासी क्षेत्रीले बताए ।

१५/२० वटा दैनिक बस्तीमा आउने हात्तीले कतिबेला स्थानियहरुको ज्यान लिने हो भन्ने चिन्ता उनिहरुमा छ् । अधिकांश किसानहरुको जंगली हात्तीले बालीनाली नष्ट पनि गरेपछि छाक कसरी टार्ने भन्ने चिन्ताले सताएको छ् ।

रात पर्ना साथ जंगली हात्तीको त्रासमा बस्नु बडुवालबासीहरुको दैनिकी भईसकेको छ् । वर्षौ देखि हात्तीले स्थानियहरुलाई त्रसित बनाउदै आएको छ। ‘दिनहुँ जसो समसाँझै हात्ती बस्तीमा पस्छ ।

बालीनाली त परै जावस ज्यान जोगाउनै समस्या भईसक्यो’ स्थानिय आशा राना क्षेत्रीले दुखेसो सुनाए । नेपाल सरकारले जंगली हात्ती नियन्त्रण गर्न नसकेको भन्दै स्थानिय आक्रोशित भएका छन् ।

बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी सरकारले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप लगाउदै आएका छन् ।

रातीको समयमा जंगली हात्ती, बाघ लगाएत वन्यजन्तुले स्थानियहरुलाई हैरान गर्दैै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार