Saturday, July 27, 2024

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

प्रकाशित:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८२।५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६।५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १।०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार