Saturday, July 27, 2024

महेन्द्रनगरको एक पसलमा जब बिहान-बिहानै नाग देवता प्रकट भए…(भिडियो)

प्रकाशित:

महेन्द्रनगर । कञ्चपुरको एक पसलमा नाग देवता प्रकट भएका छन् । महेन्द्रनगरको न्यू अपि फर्निचर उद्योगमा शुक्रबार बिहान सुर्योदय संगै कालो नाग देवता प्रकट भएको दिपेन्द्र बहादुर चन्दले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

‘बिहानको सुर्योदय संगै भगवान शिवको घाटीमा रहने नाग देवता प्रकट हुनुभयो ।’ न्यू अपि फर्निचरका सञ्चालक चन्दले भने, ‘बिहान ६ः३० बजे पसल खोल्ने बेलामा नाग देवता देखिएपछि, मेरो पसलमा ठुलै भीड समेत लाग्यो । सबैले दर्शन–पुजापाठ गरे ।’

नाग देवता प्रकट भएपछि उक्त पसलमा स्थानिय तथा व्यापारीहरुको ठुलो भीड लागेको थियो । सुरक्षाकर्मी समेत उक्त ठाँउ पुगेका थिए । केहिबेरको दर्शनमा स्थानियहरुले दुध सहित राखेर पुजापाठ गरेका थिए । पुजापाठ पछि त्यहाबाट नाग देवता आफै लुप्त एवं अलप भएको न्यू अपि फर्निचरका सञ्चालक चन्दले बताए ।

भिडियो लिंकहरु

https://www.facebook.com/Abhashkunj/videos/898459981704012

https://www.facebook.com/Abhashkunj/videos/558449966417711

https://www.facebook.com/Abhashkunj/videos/261392186308162

 

ताजा समाचार

सम्बन्धित समाचार