Saturday, July 27, 2024

गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई ढाका टोपी र माला लगाएर स्वागत

प्रकाशित:

महेन्द्रनगर । पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई नेपाली ढाका टोपी र माला लगाएर स्वागत गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार कञ्चनपुरमा ४४ औं विश्व पर्यटन दिवसको अवसरमा गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी संघ कञ्चनपुरले नाकामा फूल माला र ढाका टोपी लगाएर स्वागत गरेका हुन् ।

दिवसका अवसरमा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियाल र विभागलाई नाकामा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा नगर प्रमुख बोगटीले भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्धनका लागि काम गरिरहेको बताए । ‘यहाँको पर्यटन विकासका लागि भीमदत्त नगरपालिका पछि हट्दैन’, उनले भने ।

होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले पूर्वाधार विकास र प्रचार प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए । ‘यो नाका पर्यटक आउने प्रमुख नाका हो’, उनले भने, ‘यहाँबाट आउने पर्यटकलाई यहाँका पर्यटकीय स्थलहरुमा घुम्ने वातावरण बनाउनुपर्छ ।’

अध्यागमन कार्यालय कञ्चनपुरका सुचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको संख्या बढेको बताए । ‘अहिले पर्यटकहरु आउने संख्या बढेको छ’, उनले भने, ‘गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।’

अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार २०२२ मा पाँच सय ४२ जना पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म ६ सय ८५ जना पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार