Saturday, July 27, 2024

सामाजिक विकास कार्यालय कञ्चनपुरको गत वर्षको प्रगती ८२ प्रतिशत

प्रकाशित:

-ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । सामाजिक विकास कार्यालय कञ्चनपुरले प्रदेश सरकारबाट विनियोजित बजेटको ८२ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । २८ करोड ५६ लाख ८ हजार ८ सय १४ कुल बजेट मध्ये ४ करोड २० लाख फ्रिज गएको बताएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा कञ्चनपुर जिल्लामा शैक्षिक तथा सामाजिक विकासका लागि विनियोजित गरेको कुल बजेट मध्ये ४ करोड २० लाख रकम काम नभई फ्रिज गएको सामाजिक विकास कार्यालय कञ्चपुरका कार्यालय प्रमुख धर्म राज जोशीले बताए ।

कार्यालयले आर्थीक वर्ष ०७९/०८० लागि कञ्चनपुर जिल्लामा विद्यालयको भौतिक संरचना निर्माण मर्मत रङ्ग रोगन, घेरावार, शौचालय निर्माण, बेन्च, डेक्स, निर्माण विज्ञान प्रयोगशाला लगात विद्यालय विशेष अनुदानबाट ४९ वटा २ कोठे भवनका लागि ९ करोड २० लाख, चार कोठे भवन ३ वटाका लागि १ करोड ११ लाख सहित १० करोड २१ लाख विनियोजन भएकोमा ३८ वटा दुईकोठे भवन, ३ वटा ४ कोठे भवन गरी जम्मा ४१ वटा मात्र कार्यान्यनमा आएको कार्यालय प्रमुख जोशीले बताए ।

कार्यालयले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुच वुद्धि गर्ने विषेश शिक्षा, स्वचालित विद्यालय प्रोत्साहन अनुदान ६ वटा विद्यालयलाई २–२ लाखले वितरण गरेको छ ।

मन्दिर र सामुदायीक भवन निर्माण तर्फ २१ वटा सामुदायीक भवन निर्माण, मर्मत पुर्वधार विकास गरि फरक –फरक कार्याका लागि ३ करोड ३० लाख बजेट विनियनेजन मध्ये २ करोड ५० लाख७० हजार खर्च भई ७६ प्रतिशत प्रगति भएको जनाइएको छ ।

कार्यालयले जिल्ला भित्र रहेका ४४ वटा मन्दिरका लागि निर्माण मर्मत पुर्वाधार विकास घेरबार शिर्षकमा रु ४ करोड ५६ लाख बजेट विनियोजन भएकोमा ४४ वटा मध्ये २० पुर्ण रुपमा निर्माण सम्पन्न भई १७ अधुरा रहेको जनाएको छ ।

शुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले चालु तथा विविध तर्फ ५ करोड ५५ लाख ८ हजार ८ सय १०, त्यस्तै पुजिगत तथा भवन निर्माण तर्फ २२ करोड २९ लाख ६ सय ७०, संघिय सर्सत ४ लाख ५९ हजार २ सय ४ र कुल जम्मा विनियोजित बजेट मध्ये २८ करोड ५६ लाख ८ हजार ८ सय १४ रहेको छ भने चालु तर्फको कुल खर्च ४ करोड ६४ लाख ८ हजार २६, पुजिगत तर्फको कुल खर्च १८ करोड ७५ लाख ८३ हजार ३ सय ९६, संघिय ससर्त तर्फ ४ लाख १७ हजार ६ सय ८० कुल प्रगति ८२ प्रतिशत रहेको सामाजिक विकास कार्यालयको वार्षिक बुलेटिनमा उल्लेख गरीएको छ ।

कार्यालयको पुजिगत तर्फ १ सय ८९ वटा कार्यक्रम तोकिएका छन् भने चालु तर्फ ९२ वटा कार्यक्रम रहेका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले भवन निर्माण बढि बजेट विनियोजन गरेको पाईएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार