Saturday, July 27, 2024

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजना घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रवार साँझ जिल्लाको झलारी स्थित अर्जुनी ब्यारेक नजिक बा ४४ प १०२ नम्बरको स्कुटर दुर्घटनामा परी एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का ललित अवस्थी रहेका प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महेन्द्रनगरबाट अत्तरियातर्फ आउने क्रममा स्कुटर अनियन्त्रित भई अवस्थी दुर्घटनामा परेका हुन् ।

उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । अवस्थीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार