Saturday, July 27, 2024

सर्पले टोकेका बालक दाजुभाईको उपचारार्थ महेन्द्रनगरका बालबालिका आर्थिक संकलनमा

प्रकाशित:

महेन्द्रनगर । सर्पले टोकेर जिवन मरणको दोसाँधमा रहेका कञ्चनपुरको पुनर्वासका एक बालकको उपचारार्थ महेन्द्रनगरका बालबालिका आर्थिक संलनमा जुटेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत २१ साउनका राती घरमा सुतिरहेको अवस्थामा करेत सर्पले टोक्दा कञ्चनपुरको पुनर्वास बिचफाँटाका १२ वर्षिय हर्सल बुढा र उनका दाई उपचारत छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि हर्षललाई टियू टिचिङ हस्पिटलमा भर्ना गरिएको छ । उपचारका लागि आर्थिक अभावका कारण निकै समस्या भइरहेको हर्सलका बुबा सुर्य बुढाले बताए ।

दुबै जना दाई भाईलाई बिसालु सर्पले टोकेको भएपनि हर्सलका दाईलाई समान्य उपचार पछि ठिक भएको छ । यद्यपी हर्सल बुढा भने अस्पताल शैय्यामै उपचाररत छन् ।

बिसालु सर्पले टोकेर काठमाडौंमा उपचारत रहेका हर्सलको पारिवारिक आर्थीक अवस्था निकै कमजोर रहेका कारण महेन्द्रनगरको योयो डान्स क्लबका बालबालिकाहरुले आर्थिक संकलन अभियान थालेका छन् । आज (शनिबार) बाट हर्सल बचाऔं अभियान थालिएको उक्त क्लबका अध्यक्ष नरेश मल्ले बताए ।

हर्सलको उपचार गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ आफ्नो क्लबका भाई बहिनीहरुले स्वस्र्फुत रुपमा उक्त अभियानमा लागेको मल्लले बताए । बालबालिकाहरु हातमा हर्सल बचाऔं अभियानको ब्यानर सहित आर्थिक संकलनमा जुटेका छन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार