महेन्द्रनगर । सुरदूरपश्चिमका शताब्दी पुरुषको महाप्रस्थान भएको भएको छ ।
बरिष्ठ संस्कृतिविद् कृष्णदत्त पन्त १०२ वर्षको उमेरमा महाप्रस्थान गर्नुभएको हो । । हिजो शुक्रबार दिउसो शताब्दी पुरुष पन्तले महाप्रस्थान लिनुभएको हो ।
उनले एक हप्ता अघि देखि अन्न जल समेत त्याग गरेका थिए । डडेल्धुराको डुङरी गाउँमा जन्मिएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा सपरिवार बस्दै आएका थिए ।
जीवनकालभर संस्कृतीविद्, ज्योतिषी र सनातन अभियन्ता बनेर क्रियाशील पन्तले १०२ वर्षको उमेरमा आएर पनि सनातन मान्यताअनुसार देहत्यागको बाटो रोजेका हुन् ।