Saturday, July 27, 2024

कञ्चनपुरमा शिक्षकहरुको आन्दोलनः शिक्षा कार्यालयमै यसरी जलाइयो ‘शिक्षा विधेयक’

प्रकाशित:

महेन्द्रनगर । शिक्षा विधेयक आफुहरुको पक्षमा नरहेको भन्दै शुक्रबार शिक्षकहरुले उक्त विधेयक जलाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिक्षकहरुका विभिन्न संघ एवं संगठनहरुले शिक्षा विकास तथा समन्वय ईकाई महेन्द्रनगरको कार्यालय परिसरमा सयुक्त आन्दोलन गरेर शिक्षा विधेयक जलाएका हुँन ।

शिक्षा विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको नेपाल राहत शिक्षक समिति केन्द्रीय सह बरिष्ठ अध्यक्ष नविन सिंह धामीले बताए ।

‘यो कालो विधेयक जलाउने मात्रै होईन, परास्थ पार्नुपर्छ, ‘उनले भने, ‘आज त यो साँकेतिक मात्रै हो, ‘उनले भने, ३ असोजदेखि थप सडक आन्दोलन गछौँ ।’

नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस बिरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार