Saturday, July 27, 2024

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले शुभकामना आदान –प्रदान गर्दै मनाए तिज

प्रकाशित:

महेन्द्रनगर । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार समितिले नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरमा आवद्ध महिला दिदिबहिनिहरुसंग भेटघाट तथा शुभकामना आदान प्रदान गरेका थिए ।शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरकी अध्यक्ष मालती पन्तले तिजको दर खाने निहुमा केहि महिला दिदिबहिनिले तिजको नाममा समाजमा विकृति फैलाई रहेको बताएकी छन् ।

अध्यक्ष भट्टले नेपाली महिला दिदिबहिनिको महान चाँड भएकोले यसलाई सभ्य तरीकाले मनाउनु पर्नेमा ठुला–ठुला होटेल रेस्टुरेन्टमा गएर बियर र रक्सी सेवन गरी चर्तिकला देखाउने गरेकाले चाड पर्वको नाममा महिला दिदिबहिनिहरुले समपुर्ण नारी जाति माथी औला ठड्याउने काम गरेको दुखेुसो पोखेकि छन् । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै लोक दोहोरी कलाकार सरस्वती दाहालले तिजका नाममा फैलिएको पश्चिमी संकृतिको आगोले समाजमा समेत गन्हाउन थालेको बताएकी छन् ।

तिज समाजमा रहेका चौक चौतारामा सबै भेला भएर मनाउने चाड पर्व भएता पनी आजभोली चाँड पर्वको नाममा समाजमा अनेक किसिमका विकृति हुनथालेको दाहालको भनाई रहेको थियो ।कार्यक्रमको अध्यक्षता सन्तोषि ऐरी साउँद गरेकि थिईन । श्रमीक हरुको सम्मान तथा श्रम शक्तिनै राष्ट्र शक्ति हो भन्ने ध्यायका साथ गठन भएको नेपाल ट्रेड युनियनेले श्रमजिवि हरुको हकहितको लागि काम गर्दै आईरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार