ऐश्वर्या कुवँर महेन्द्रनगर । नेपाली भुमीलाई छोडेर रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा छरीएर रहेका नेपालीहरुले प्रबासमा रहेतापनि निकै धुमधामका साथ तिज,गौरा विषेश वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।



नेपाली हरुको मौलिक पर्व तीज तथा गौराको अवसर पारेर मेची महाकाली जागरण अभियान भारतले हरीयाणा राज्यको फरिदावाद शहरमा तिज तथा गौरा विषेश कार्यक्रमको आयोजना गरेको थियो ।नेपाली हरुले पुर्खौ देखि महान चाडपर्वको रुपमा मनाउदै आईरहेको गौरा तथा तिज पर्व जस्ता नेपालीको धर्म संकृतीको जगेर्ना गर्ने तथा घरपरिवारबाट छुट्टीएर रहेका नेपालीहरुलाइ परदेशमा रहेको अनुभुतीबाट टाढा राख्न तिज तथा गौरा विषेश सांस्कृतिक कार्यक्रम आयोजना गरेको मेची महाकाली जागरण अभियान भारको केन्दीय समितिका अध्यक्ष मदन धामी कुशलले बताएका छन् ।



मेची महाकाली जागरण अभियान भार को केन्दीय समितिका अध्यक्ष मदन धामी कुशलले मेची महाकाली जागरण अभियान भारतको केन्द्रीय समितिले प्रबासमा रहेका नेपालहरुलाई भई परी आउने समस्याको समाधान,तथा नेपालीहरुको हकहितको लागि लड्ने हेतुका लागि मेची महाकाली जागरण अभियान भारतको केन्द्रीय समिति गठन गरेको बताए । ३० सदस्यीय समिति रहेको मेची महाकाली केन्द्रीय जागरण अभियान समितिका अध्यक्ष मदन धामी कुशल,उपाध्यक्ष सुरेन्द्र बोहोरा,सचिव खडक थ्वाल,कोषाअध्यक्ष प्रकाश बोहरा,महासचिव जय धन बिष्ट रहेका छन् ।



समितिले आयोजना गरेको तिज तथा गौरा विषेश सांस्कृतिक कार्यक्रमा पछिल्लो समयमा नेपालको विभिन्न साङगितिक विधामा उच्च छवि बनाउन सफल तथा नेपालका राष्ट्रिय देउडा गाएक,लोक दोहोरी कलाकार मोडल, हास्य कलाकार, लगायतले कार्यक्रमा प्रबासी नेपालीहरुलाई छमछमती नचाउदै मनोरम मनोरन्जन प्रदान गराएका थिए । कार्यक्रमको अध्यक्षता मदन धामी कुशलले गरेका थिए भने प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य माननिय डाक्टर तारा जोशी,युवा समाजसेवी विनोद बिष्ट,वेद शर्मा,परशुराम नगरपालिकाका नगर प्रवक्ता तथा परशुराम नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खगेन्द्र शिह ठकुरी,रहेका थिए ।
कार्यक्रम संचालन कुशल संचालक डम्मर भट्टले गरेका थिए ।कार्यक्रम शभ्य,सानदार,शान्तिपुर्ण गराउन सफल भएकोमा अध्यक्ष मदन धामी कुशलले मेची महाकाली जागरण अभियान भारतको केन्द्रीय समिति लगाएत उपस्थीत समपुर्ण प्रति आभार समेत व्याक्त गरेका छन् ।


