Saturday, July 27, 2024

दार्चुलामा टिकटक प्रतियोगिता: अपि हिमालको प्रचारकालागि तीन मिनेट सम्मको भिडियो राख्न पाइने

प्रकाशित:

दार्चुला । पर्यटन प्रवद्र्धनका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पर्यटन प्रवद्र्धनमा सामाजिक संञ्जालको उपादेयतालाई मध्यनजर गर्दै टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । प्रतियोगिताले अपिहिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० लाई सफल बनाउन सहयोग गर्ने अपेक्षा लिइएको छ ।

प्रतियोगितामा सहभागि हुन इच्छुकले अपिहिमालको पर्यटन क्षेत्र, साँस्कृतिक र भेषभुषा झल्किने गरी अपिहिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० अभियानलाई लक्षित गरेको न्युनतम १ देखि ३ मिनेटको टिकटक भिडियो बनाउनु पर्नेछ ।

टिकटक भिडियो आफनो टिकटक आइडीबाट अपिहिमाल गाउँपालिकालाई अनिवार्य ट्याग गरी असोज १ गते विहान ८ बजे पछि मात्र सार्वजनिक गरी अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

टिकटक बनाउँदा अपिहिमालको मौलिकता झल्किने गरी आफ्नै आवाजमा बनाउनु पर्ने र आफनो अवाजमा बनाउँदा ब्याकग्राउण्डमा म्युजिक प्रयोग गर्ने पाइने जनाइएको छ ।

टिकटक प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई ७ हजार र अन्य ५ जना सहभागीहरुलाई ३ हजार रुपैयाँका दरले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहराले बताए ।

टिकटक भिडियोमा आगामी असोज ७ गते दिउँसो १२ बजेसम्म प्राप्त भ्यूज, लाइक र शेयरबाफत ४० प्रतिशत अंक दिइने छ । यस्तै विषयबस्तुको गहनता, प्रस्तुतीकरण आदिका आधारमा ६० प्रतिशत अंक दिइने गाउँपालिकाले जनाएको छ । यसका लागि मूल्यांकन समितिले काम गर्नेछ ।

सामाजिक सञ्जाल टिकटकको सदुपयोगका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष बोहराले बताए । यसअघि अपिहिमाल गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि गत बैशाख १४ गते देखि २१ गते सम्म अपि बेश क्याम्प भम्रण सप्ताह सञ्चालन गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार