Saturday, July 27, 2024

सामुहिक बलात्कारको आरोपमा दोधारा-चाँदनीबाट तीन जना युवक पक्राउ

प्रकाशित:

भुपेन्द्र ओली ।
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीका तीन जनालाई प्रहरीले किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले किशोरी बलात्कारको आरोपमा सोहि गरपालिका वडा नं. ३ का तीन जना किशोरहरुलाईे पक्राउ गरेको हो ।

भदै १५ गते गौराको डेउडा खेल हेर्न गएकी दोधारा–चाँदनी–६ कि एक १६ वर्षीय किशारीलाई ललाई फकाई नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको र भदै १९ गते दोधारा चाँदनीका मायापुरी सामुदायिक बनमा पुनः बलात्कार गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोधारा–चाँदनी–३ का १८ वर्षीय खेम सिंह साँउद, १९ वर्षीय अरबिन महता र १७ वर्षीय किशोर रहेका छन् ।

प्रक्राउ परेका तीनै जनालाई र पिडितलाई स्वास्थ्य परिक्षणको लागि महाकाली प्रदेशिक अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार