Saturday, July 27, 2024

टीकापुरमा स्कुल बस नहरमा खस्दा २० जना विद्यार्थी घाइते

प्रकाशित:

धनगढी । कैलालीको टीकापुरमा विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खस्दा २० जना विद्यार्थी घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाइ आयोजनाको नहरमा खस्दा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थिका अनुसार बसमा सवार २० जना विद्यार्थीलाई उपचारको लागि टीकापुर अस्पताल पुर्याइएको छ ।

विद्यार्थी बोकेर गइरहेको ना५ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी जमरा सिँचाइ नहरमा खसेको प्रहरीले जनाएको छ ।

बसका चालक फरार रहेको बताइएको छ । नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको बताइएको छ । थप विवरण आउन बाँकी रहेको विद्यालयका सञ्चालक मनिष बलायरले जानकारी दिए ।

उनका अनुसार बस विद्यार्थी बोकेर घरतर्फ छोड्न गएको थियो । दुर्घटना स्थलमा पुगेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार