Saturday, July 27, 2024

प्रधानमन्त्रीको विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति छः परराष्ट्रमन्त्री साउँद

प्रकाशित:

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिनुभएको बताए ।

‘आज सम्माननीय प्रधानमन्त्रीज्युको भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, पूर्व परराष्ट्रमन्त्रीज्युहरुलाई बेलाएर आसन्न चीन भ्रमणको बारेमा छलफल भएको छ ।

युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह दिनुभएको छ’ उनले भने, ‘सम्बोधनमा प्रधानमन्त्रीज्युले आमन्त्रित सबैलाई धन्यवाद दिँदै उहाँहरुले दिनुभएको सल्लाह र सुझावलाई महत्वपूर्ण रुपमा लिएको र आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।’

मन्त्री साउदले प्रधानमन्त्रीले सल्लाह र सुझाव लिइसकेपछि राजनीतिक दलका प्रतिनिधि र परराष्ट्रविद्हरुलाई भ्रमणबारे सुझाव दिएकोमा धन्यवाद दिइएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार