Saturday, July 27, 2024

आजदेखि तीनदिन सम्म बीपी साहित्य महोत्सव

प्रकाशित:

काठमाडौं । आजदेखि नेपाली कांग्रेसले तीन दिने बीपी साहित्य महोत्सव कार्यक्रम गर्दैछ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो ।

सह–महामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

समितिका अनुसार महोत्सवमा प्रत्येक दिन चारवटा सेसन, एक की नोट स्पीच रहने छन् । साथै, तीन फरक–फरक दिन कविता, गजल र सांगीतिक साँझ हुने कार्यक्रम तालिका रहेको छ ।

पहिलो दिन उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।

दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।

यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार